लक्ष्मी बैंकको वल्र्डकप योजना सार्वजनिक



काठमाडौं । लक्ष्मी बैंकले कन्ट्रोल जिरो नामक डिजिटल माध्यमबाट खाता खोल्ने ग्राहकहरुका लागि विशेष योजना सुरु गरेको छ । बैंकले एफ वान सफ्टसँगको सहकार्यमा सञ्चालित उक्त योजना अन्तर्गत जारी आईसीसी क्रिकेट वल्र्डकप २०१९ अवधिभर कन्ट्रोल जिरो मार्फत बचत खाता खोल्दा ग्राहकहरुले पाँच सय बराबरको मोबाइल ब्यालेन्स प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले बैंकको वेवसाइटमा गई अनलाइन खाता खोल्ने निवेदन दिन सक्ने र त्यसलाई आधिकारीकता दिन एक पटकको लागि बैंकको नजिकैको शाखामा जानु पर्ने हुन्छ ।

बैंकले कागजरहित बैंक खाता खोल्न अभिपे्ररित गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको जनाएको छ । यसबाट विद्युतीय कारोबारलाई समेत सहयोग पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

वल्र्ड कप विशेष योजना वातावरणमैत्री बैकिंग प्रणाली अवलम्बन गर्ने तर्फ बैंकको एक अर्को कदम हो। यस योजनाले बातावरणमा कार्वन फुटप्रिन्टमा कमी आउने र जिम्मेवार एवं दिगो व्यवसायलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

हाल बैंकको शाखा ४७ जिल्लामा १०६ वटा, २ एक्स्टेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२८ एटिएम, २५ सय भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।


क्लिकमान्डु