काठमाडौको बल्खु र दाङको लमहीमा प्रभु बैंकका शाखा विस्तार




काठमाडौ । प्रभु बैंकले काठमाण्डौ महानगरपालिकाको बल्खुस्थित बल्खु शाखा र दाङ जिल्लाको लमही नगरपालिकामा लमही शाखा सञ्चालनमा ल्याएको छ ।

काठमाण्डौ बल्खुस्थित बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले उदघाटन गरेका छन । त्यसैगरी दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ स्थित लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर के.सीले उदघाटन गरेका छन ।

बंैकले हाल १८२ वटा शाखा, १४६ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।


क्लिकमान्डु