भरतपुरको मिलनचोकमा गरिमा विकास बैंकको नयाँ शाखा
काठमाडौं । गरिमा विकास बैंकले भरतपुर नगरपालिकाको मिलनचोककमा नयाँ शाखा सञ्चालनमा ल्याई कारोबार शुभारम्भ गरेको छ ।
उक्त मिलनचोक शाखाको औपचारिक उद्घाटन भरतपुर महानगरपालिकाका वडाध्यक्ष ज्ञान प्रसाद खनाल र विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संयुक्तरुपमा गरेका हुन ।
यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।