बजेटले बढायो आँटा र सोयाविन मस्यौराको मूल्य, अर्थमन्त्रीलाई सांसदले भने- तत्काल हटाउ



काठमाडौं । आम सर्वसाधारणले प्रयोग गर्ने आँटा र सोयाबिन मस्यौराको मूल्य बढेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले यही जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेटले रोटी बनाउन प्रयोग हुने आँटा र सोयाबिन मस्यौरालाई १३ प्रतिशत भ्याट लगाएका हुन् ।

यसअघि यी वस्तुले भ्याट छुटको सुविधा लिँदै आएका थिए । मन्त्री खतिवडाले भ्याट छुटको सुविधा खारेज गरेका हुन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा सांसद प्रदीप यादवले अर्थमन्त्री खतिवडालाई बजेट बनाउने समयमा कसले सल्लाह दिएको भन्दै प्रश्न गरेका छन् ।

‘तपाई आफै विद्वान हुनुहुन्छ, तपाईलाई कसले सल्लाह दिएर गरिब जनताले खाने खानामा कर लगाउनु भयो ?’ सांसद यादबले प्रश्न गरे ।

बजेट संघीयता विरोधी र गरिब जनताको अहितमा भएको उनले बताए । यादवले गरिब निमुखा जनताले खाने आँटामा लगाएको भ्याट तत्काल हटाउन आग्रह गरे ।


क्लिकमान्डु