झम्सिखेल र शंखमुलमा महालक्ष्मी विकास बैंकका शाखा सञ्चालनमा



काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुरको झम्सिखेल र काठमाडौंको शंखमुलमा नयाँ शाखा विस्तार गरेको छ ।

बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य अनुरुप शाखा विस्तार गरेको बैंकले जनाएको छ । त्यसैगरी काठमाडौँ महानगरपालिकास्थित शंखमुलमा पनि नयाँ शाखा विस्तार गरेको छ ।
यी दुइ शाखा विस्तारसँगै बैंकको कुल शाखा संख्या ९५ पुगेको छ ।

बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता जनाएको छ ।


क्लिकमान्डु