अर्थमन्त्री खतिवडालाई छायाँ सरकारका अर्थमन्त्री रिजालले दिए यस्तो चुनौती



काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारका अर्थमन्त्री डा मिनेन्द्र रिजालले अर्थमन्त्री डा युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा परेका बजेट सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिनिधिसभामा बजेटमा टिप्पणी गर्दै नेपाली कांग्रेसका सांसद् डा. रिजालले सबै निर्वाचन क्षेत्रलाई न्यायोचित तरिकाले बजेट बिनियोजन गर्ने हो भने निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि बजेट छुट्टाउनु नपर्ने बताए ।

‘प्रधानमन्त्री ज्यू निर्वाचन क्षेत्र मेरोभन्दा पूर्व हो, उहाँको निर्वाचन क्षेत्रको बजेट देखाउनुहोस्, सरकार पक्षका सांसद्ले समेत निर्वाचन क्षेत्रको कार्यक्रममा बजेट माग्दैनन्,’ कांग्रेस नेता रिजालले भने ।

उनले अर्थमन्त्रीले बजेटमा लिएका लक्ष्य पुरा विश्वास गर्न चाहेपनि त्यसको आधार भने नभएको बताए ।

खाडी र मलेसियामा काम गर्न गएका कामदारले पठाएको पैसामा अर्थमन्त्रीले वितरण मुखी बजेट ल्याएको रिजालले बताए ।

‘अघिल्लो वर्ष भनेका बजेटमा लक्ष्यहरु पुरा भएका छैनन्, यो वर्षपनि उहाले लिएका लक्ष्यहरु पुरा हुने आधार छैन,’रिजालले भने ।

वितरणमुखी बजेट ल्याएको कारण चालु खर्च बढेको भन्दै कांग्रेस नेता रिजालले बजेटले नेपालीलाई ऋणमात्र बोकाउने बताए ।


क्लिकमान्डु