‘बायजु’ले बनाएको पुस्तक पढाउने ‘बायजु एप’ बन्यो ५९००० करोडको



भनिन्छ नि, जति नै ठूलो यात्रा किन नहोस, इमान्दारिता र मिहेनत हुने हो भने यात्रा तय गर्न सम्भव छ ।

विश्वमा यस्ता मानिसहरु छन जसले आफ्नो सोचमा विश्वास गरेर जीवन सुम्पिएका छन र छोटो समयमा नाम र दाम दुबै कमाउन सफल पनि भएका छन् ।

आज हामी त्यस्तै, एक जना भारतीय युवाको बारेमा कुरा गर्दैछौं । शिक्षालाई केन्द्रमा राखेर प्रविधिको उच्चतम प्रयोग गरी धेरैभन्दा धेरै विद्यार्थीमा पुर्याएकै भरमा आज उनी भारतमा मात्रै होइन विश्वमा पनि चर्चित बनेका छन् । उनी हुन बायजु रविद्रन ।

शिक्षाको पहुँच सबै भारत भरीमा एक साथ पुर्याउने उद्देश्यले सुरु भएको यो एपको नाम हो ‘बायजु एप’ । संस्थापक बायजु रविन्द्रनको नामबाट राखिएको यो मोबाइल एपमार्फत भारतमा धेरैले लाभ लिइरहेका छन् ।

बायजु गणितमा अब्बल भएकाले साथीहरुले गणित सिकाउनका लागि सहयोग मागेका थिए । उनले पनि नाइ भनेन् । साथीहरुलाई सिकाएनन मात्रै उनले क्याटका लागि आफूले पनि फारम भरे । परीक्षा दिए शतप्रतिशत अंकका साथ नाम समेत निकाले ।

 

बैंग्लोर रहेको यो कम्पनीको जग सन् २०११ मा सुरु भएको थियो । सुरुवाती समयमा निकै कम मानिसहरुको पहुँच र क्षेत्रमा मात्रै सीमित यो एप अहिले विश्वको सबैभन्दा ठूलोमध्येको एक शिक्षा कम्पनी बनेको छ ।

एक जना मिहनेती र जेहेन्दार विद्यार्थीबाट सुरु भएको यो एपसँग अहिले ३२०० मानिसहरु जोडिएका छन् । जसमध्ये आधा जति महिलाहरुले प्रत्यक्ष रुपमा लाभ लिइरहेका छन भने यसलाई कसरी राम्रो बनाउनेभन्नेमा काम गरिरहेको छन् ।

निश्चित रकम अनलाइनबाट खर्चेर जुन बेला मन लाग्यो, त्यही बेला पढ्न पाइने भएकाले विद्यार्थी र अभिभावकका लागि पनि निकै सहयोगी बन्यो । न कुनै समयको पाबन्धी न कुनै शिक्षक अनुशासनमा बस्नुपर्ने । विद्यार्थीलाईं जति बेला मन लाग्यो त्यतिबेला नै पढ्न पाउँदा यसको लोकप्रियता बैंग्लोरबाट सुरु भइ पूरा भारतमा फैलियो ।

भारतको कन्नौरमा संयुक्त परिवारमा जन्मिएका रविन्द्रन बाल्यअवस्थामा पढाइमा भन्दा बढी फूटबल र क्रिकेटमा रुचि राख्थे । खेलका लागि कैयन पटक उनले कक्षा बंक समेत गर्दथे । तर उनका माता पिता दुबै जना शिक्षक भइकन पनि उनीमाथि कहिल्यै पढ्नका लागि कर भने गरेनन् ।

मलयालम स्कुलबाट पढाइ पूरा गर्र्दा उनी गणितमा अब्बल मानिन्थे । अंग्रेजी भाषा भने क्रिकेट खेलको कमेन्ट्रि सुनेरै सिकेका थिए ।

उनको लोकप्रियता यतिसम्म बढेको थियो कि उनले एकै सिजनमा ५ वटा शहरसम्म पुगेर कक्षा लिनुपर्ने अवस्था आएको थियो ।

विद्यालय तहको पढाइ पूरा गरेपछि उनी इन्जिनियरिङमा हानिए । इन्जिनियरिङको पढाइ सकाउने वित्तिकै बेलायतमा अवस्थित मल्टिनेशनल कम्पनीमा काम गर्न गए । जहाँ उनले राम्रो तलबमा काम पाएका थिए । यहाँ पनि २ वर्ष काम गर्दा उनले स्टार्ट अप विजनेशबारे सोच बनाएका थिएनन् । तर यसैबीच उनी कुनै काम विशेषले बैंग्लोर आउनु परेको थियो ।

उनी बैंग्लोरमा आउने समयमा क्याटको परीक्षा चलिरहेको थियो । क्याट एमबीए अध्ययनका लागि लिइने प्रवेश परीक्षा हो । उनका साथीहरु यसैको तयारीमा जुटेका थिए ।

बायजु गणितमा अब्बल भएकाले साथीहरुले गणित सिकाउनका लागि सहयोग मागेका थिए । उनले पनि नाइ भनेन् । साथीहरुलाई सिकाएनन मात्रै उनले क्याटका लागि आफूले पनि फारम भरे । परीक्षा दिए शतप्रतिशत अंकका साथ नाम समेत निकाले ।

तर उनलाई एमबीए पढ्न कुनै रुचि नभएकाले उनी पुनः जागिरमा फर्किए । तर जब उनी सन् २००५ मा भारत फर्किए । फेरि साथीहरुले सहयोग मागे । ६ साताका लागि बैंग्लोर आएका उनले १ हजार विद्यार्थीलाई पढाए । सुरुवाती कक्षा निशुल्क पढाए । उनले दोस्रो पटक पनि क्याटको परीक्ष दिए र फेरि शतप्रतिशत नतिजा ल्याउन सफल भए ।

तब उनको माग बढ्न थाल्यो । यतिसम्म कि एकैसाथ १२०० अडिटोरियम भरिन थाल्यो । बिहान कुनै एउटा शहरमा पढाएपछि साँझका लागि अर्कौ शहरमा पढाउन जानुपर्ने अवस्था आयो । उनको माग ह्वात्तै बढ्यो ।

जब विद्यार्थीबाट पाएको रेस्पोन्सले उत्साही उनले यही क्षेत्रमा केही गर्न सकिन्छ भन्ने उद्देश्यले जागिर छाडे र यसैमा जीवन खर्चिने निर्णय गरे ।

यो मोबाइल एपको लोकप्रियता देखेर लगानीकर्ताहरुले उनलाई अप्रोज गर्न थाले । लगानीकर्ता आइसकेपछि कम्पनीले चमत्कारिक सफलताको उचाइ छुन थाल्यो । सन् २०१७ मा कम्पनीको रेभिन्यू ४ सय करोडभन्दा बढी थियो भने सन् २०१८ मा साढे ८ सय करोडमा पुग्यो । सन् २०१९ मा आइपुग्दा कम्पनीको सम्पत्ति ५९ हजार करोड पुगेको छ ।

उनको लोकप्रियता यतिसम्म बढेको थियो कि उनले एकै सिजनमा ५ वटा शहरसम्म पुगेर कक्षा लिनुपर्ने अवस्था आएको थियो ।

यतिसम्म कि क्रिकेट स्टेडियममा समेत कक्षा लिनु परेको थियो । उनले जागिरबाट भन्दा कैयन गुण पढाएरै कमाउन थालिसकेका थिए ।

साथै यसैबीच उनका विद्यार्थीहरुले उनको कक्षाको नाम बायजुज राखिदिएका थिए । उच्चतहको शिक्षा पढाइसकेपछि उनलाई समग्र देशको शिक्षाका लागि केही गर्न सकिन्छ भन्ने उद्देश्यले विद्यालय तहमा पनि पढाउन थाले ।

साथै उनले सन् २०११ मा थिंक एन्ड लर्न नामक कम्पनीको सुरुवात गरे । यो कम्पनीले पनि सफलता छोइरहेका बेलामा सन् २०१५ मा उनले बायजुज द लर्निङ एप सुरुवात गरेका थिए । जसलाई पहिलो वर्ष नै ५५ लाख मानिसले डाउनलोड गरेका थिए ।

यो मोबाइल एपको लोकप्रियता देखेर लगानीकर्ताहरुले उनलाई अप्रोज गर्न थाले । लगानीकर्ता आइसकेपछि कम्पनीले चमत्कारिक सफलताको उचाइ छुन थाल्यो । सन् २०१७ मा कम्पनीको रेभिन्यू ४ सय करोडभन्दा बढी थियो भने सन् २०१८ मा साढे ८ सय करोडमा पुग्यो । सन् २०१९ मा आइपुग्दा कम्पनीको सम्पत्ति ५९ हजार करोड पुगेको छ ।

अहिले उनको मासिक आम्दानी १०० करोडभन्दा बढी छ ।

बायजु यसरी लोकप्रियता पाउनुमा बलियो मार्केटिङ पनि हो । शाहरुख खान जस्ता सेलिब्रेटीलाई ब्राण्ड एम्ब्यास्डर पनि ल्याए । मार्केटिङ अभिभावकमा नभइ विद्यार्थीमा फोकस गरे ।

अब्बल शिक्षकहरुलाई कम्पनीमा जोडे, पढाइलाई प्रभाकारी बनाए जसका कारण उनको लोकप्रियता ह्वात्तै बढ्यो ।


क्लिकमान्डु