कामना बैंकका ग्राहकले सिद्धबाबा, सिद्धार्थनगर सिटी र लुम्बिनी सिटी अस्पतालमा विशेष छुट पाउने



काठमाडौं । कामना सेवा विकास बैंकले सिद्घबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर., सिद्घार्थनगर सिटी हस्पिटल र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकल साइन्ससँग औषधी तथा उपचारमा विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

अब सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

हाल यस बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा तथा ३९ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु