सामाजिक सुरक्षामा मात्रै साढे ६५ अर्ब, क-कसको भत्ता बढ्यो ?



काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोष अन्तर्गत ६४ अर्ब ५० करोड रुपैयाँ बिनियोजना गरेको छ । सरकारले आगामी वर्ष २०७६/७७ को बजेटमा सामाजिक सुरक्षा अन्तर्गत यसपटक भत्ता बढाएको हो ।

सामाजिक सुरक्षा अन्तर्गत जेष्ठ नागरिकलाई १ हजार रुपैयाँ मासिक भत्ता बढाएको थियो । साविकमा दिइँदै आएको २ हजार रुपैयाँलाई ३ हजार रुपैयाँ बनाइएको थियो । यसबाट १३ लाख जेष्ठ नागरिक प्रत्यक्ष लाभ लिने अनुमान गरिएको छ ।

यसबाट मासिक ३ अर्ब ९० करोड रुपैयाँ खर्च हुनेछ । साथै वार्षिक रुपमा ४६ अर्ब ८० करोड रुपैयाँ जेष्ठ नागरिकलाई भत्तामा मात्रै खर्च हुन्छ ।

त्यस्तै, अशक्त, अपांगता भएका, एकल महिला, लोपोन्मूख आदिवासी/जनजाति समेलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा मासिक १ हजार रुपैयाँ बढाइएको छ ।

जसमध्ये एकल महिलाले पाउँदै आएको मासिक १ हजार रुपैयाँमा थप १ हजार गरी २ हजार बनाइएको छ । यसबाट ७ लाख १५ हजार ५०० एकल महिलाका लागि १७ अर्ब २२ करोड रुपैयाँ खर्च हुनेछ । साथै, पूर्ण अपांग भएका ४३ हजार २०० जनाले ३ हजार रुपैयाँका दरले १ अर्ब ५५ करोड ५२ लाख रुपैयाँ पाउनेछन् ।

अतिअसक्त ९३ हजार ९०० जनाले १ हजार रुपैयाँ थपिएर १६ सय रुपैयाका दरले १ अर्ब ४१ करोड ८८ लाख ८० हजार रुपैयाँ पाउनेछन् । भने लोपोन्मूख जातिले २४ हजार २०० जनाले ३ हजार रुपैयाँका दरले ८७ करोड १२ लाख रुपैयाँ पाउनेछन् ।


क्लिकमान्डु