सेञ्चुरी बैंकले गर्यो अनाथ बालबालिकाहरुलाई सहयोग



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरस्थित ‘द अरफेन्स होम’, संस्थालाई सहयोग गरेको छ ।

३५ जना अनाथ बालबालिकाहरु भएको उक्त संस्थामा आवश्यकता अनुसार बैंकले खाद्यपर्दाथ दिई सहयोग गरेको हो ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९९ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १३३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।


क्लिकमान्डु