ग्लोबल आइएमई बैंक र राष्ट्रिय बीमा संस्थानबीच बीमा सेवा सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक र राष्ट्रिय बीमा संस्थानबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकलाई जीवन बीमासम्बन्धी सेवाहरु प्रदान गर्नेछ । सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंक लि. का १३७ वटै शाखाहरु मार्फत राष्ट्रिय बीमा संस्थानको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र राष्ट्रिय बीमा संस्थानको तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरेका हुन ।