अर्थमन्त्रीको प्रश्नः चुनाब जितेका सांसदलाई ६ करोड किन दिनू नहुने ?



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले जनताले चुनेको कारण नै सांसद्लाई ६ करोड रुपैयाँ दिनु परेको बताएका छन् ।

स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अत्यन्त आलोचित कार्यक्रमलाई अर्थमन्त्री खतिवडाले ६ करोड बजेट दिएका छन् ।

अर्थमन्त्री खतिवडाले यसलाई स्पष्टिकरण दिदै जनताले चुनेका जनप्रतिनिधिलाई विकास प्रक्रियामा सहभागी गराउनको लागि सो बजेट बिनियोजन गरेको बताए ।

‘जनताबाट चुनिदा सो क्षेत्रमा विकास निर्माणका बाचा गरिएका हुन्छन्, त्यसलाई पुरा गर्न बजेट दिएको हो,’अर्थमन्त्री खतिवडाले भने ।

उनले यो कार्यक्रममा प्रत्यक्ष निर्वाचित सांसद् सँगै समानुपातिक र राष्ट्रियसभाका सांसद्लाई समेत सहभागी गराउने बताए ।

सांसद्ले छानेका आयोजनाले मात्र बजेट पाउने र यसको कार्यान्वयन भने स्थानीय तहले नै गर्ने अर्थमन्त्री खतिवडाले बताए ।


क्लिकमान्डु