विद्युतिय माध्यमबाट भ्याट बिल भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने



काठमाडौं । अबदेखि विद्युतीय माध्यम मार्फत भ्याट बिल भुक्तानी गर्दा १० प्रतिशत रकम छुट पाइने पाएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बजेटसँगै ल्याएको आर्थिक विधेयकमा विद्युतीय प्रणाली मार्फत हुने भुक्तानीमा कर रकमको १० प्रतिशत रकम फिर्ता हुने उल्लेख गरेका छन् ।

कुनैपनि उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिद मूल्य बमोजिम विद्युतीय माध्यमबाट भुक्तान गरेमा नगद प्रोत्साहन दिइने विद्येयकमा जनाइएको छ ।

यसरी भुक्तानी गरेको रकमको १० प्रतिशत रकम कर कार्यालयले तोके बमोजिम फिर्ता गरिने विधेयकमा उल्लेख गरिउको छ ।


क्लिकमान्डु