बजेटले घटायो मोबाइलको मूल्य



काठमाडौं । के तपाई मोबाइल किन्दै हुनुहुन्छ ? त्यसो भए तपाईका लागि खुसीको खबर छ ।
अब मोबाइल फोन सेटको मूल्य घट्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मोबाइल सेट आयात गर्दा लाग्दै आएको भन्सार शुल्क घटाएका छन् ।

अर्थमन्त्रीले आगामी आवको बजेटमा भन्सार शुल्क घटाएका हुन् । यस अघि मोबाइल आयात गर्दा सरकारलाई ५ प्रतिशत भन्सार तिर्नुपथ्र्याे ।

अर्थमन्त्री खतिवडाले आज संसदमा बजेट पेश गर्दै मोबाइल आयात गर्दा लाग्ने भन्सारलाई घटाएर २.५ प्रतिशतमा झारेका छन् । भन्सार शुल्क घटेसँगै अब मोबाइल किन्दा पहिलेभन्दा सस्तो हुने भएको छ ।

मोबाइलको बिक्री घटेपछि आयातकर्ताहरुले सरकारलाई तिर्नुपर्ने कर घटाउन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहलाई अर्थमन्त्रीले बजेटमार्फत सम्बोधन गरेका हुन् । घटेको दर आगामी साउन १ गतेदेखि लागुहुँदैछ ।


क्लिकमान्डु