छायाँ सरकारका अर्थमन्त्री भन्छनः अर्थमन्त्री अवसरको सदुपयोग गर्न नसकेर धेरै चुके
काठमाडौं । छायाँ सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले आगामी आवको बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडा चुकेको धारणा राखेका छन् ।
सरकारले आगामी आवको बजेट संघीय संसदमा पेश गरेपछि प्रतिकृया दिँदै राजश्व संकलन गरेर चालु खर्च पुरा गर्ने खालको बजेट आएको भन्दै यो बजेट आरामको सिरानीमा बसेर बजेट आएको तर्क गरेका छन् ।
उनले मन्त्री डा. खतिवडा बजेट ल्याउने क्रममा अवसर गुमाएको प्रतिकृया दिएका छन् । यो अवसरलाई सदुपयोग गर्न नसकेको उनको टिप्पणी रहेको छ ।
मन्त्रीले आगामी बजेटमा स्रोत र साधनले भ्याउनेसम्म लोकप्रीय बजेट ल्याउने भनेपनि त्यसो हुन नसकेको रिजालतको तर्क छ । यो बजेटल साँच्चै देश विकास गर्ने कामका लागि काम गर्न नसकेको प्रति चिन्ता व्यक्त गरे ।
यो पटक साढे ४ प्रतिशत भन्दा कम मुद्रास्फिर्ती रहेकोमा मन्त्रीले ६ प्रतिशतको लक्ष्य राखेको भएपनि अब महंगी बढने सरकारले स्वीकार गरेको उल्लेख गरे ।