लक्ष्मी बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्स बीच सम्झौता



काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिका लागि सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार लक्ष्मी बैंक लिमिटेडले देशभर रहेका आफ्ना १०६ शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सले सावधिक बीमा योजना, डबल सावधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको थियो । कम्पनीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म २७ वटा शाखाहरू तथा उपशाखा कार्यालयबाट कारोबार प्रारम्भ गरिसकेको छ ।
सम्झौतामा लक्ष्मी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अजय बिक्रम शाह र महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेशकुमार भट्टराईले हस्ताक्षर गरे ।


क्लिकमान्डु