नविल र प्रभु बैंकले नयाँ ब्याजदर निकाले, कस्को कति ?
काठमाडौं । नबिल बैंक र प्रभु बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । दुवै बैंकले मुद्दति निक्षेपमा दिने ब्याजदर भने परिवर्तन भएको छैन । तर सामान्य बचत खाताको ब्याजदरमा परिवर्तन भएको छ ।
बैंकको मुद्दति खातामा व्यक्तिगत तर्फ ९.२५ र संस्थागत रुपमा ८.५० प्रतिशत रहेको छ ।
नबिल बैंकले बचत खातामा न्यूनतम ३.२५ देखि अधिकतम ५.२५ प्रतिशतसम्म ब्याज पाइने रहेको छ । बैंकको बेसरेट ७.९३ प्रतिशत रहेको छ ।
नबिल बैंकले दिने ऋणमा सबै भन्दा कम कर्पोरेट इम्प्लाई लोनमा लिनेले बेसरेटमा ०.३ प्रतिशत ब्याज तिर्नुपर्ने छ । यस्तै बैंकले हाउजिङ लोनमा बेसरेटमा ३ देखि ५ प्रति ब्याज लाग्ने छ । यस्तै सेयर धितोकर्जामा बेसरेटमा ५.७५ देखि ६.५० प्रतिशत ब्याज रहेको छ ।
यस्तै प्रभु बैंकको बचत खातामा न्यूनतम ३ देखि ५ प्रतिशतसम्म ब्याज रहेको छ । यस्तै बैंकको बेसरेट ९.१६ प्रतिशत रहेको छ । प्रभुबाट ऋण लिनु परेमा न्यूनतम २ देखि ५ प्रतिशतसम्म ब्याजदर रहेको छ । यसमा बेसरेट जोडिन्छ ।
यस्तै प्रभुबाट सेयर धितोकर्जा लिनु परेको खण्डमा बेसरेटमा ५ प्रतिशत ब्याजदर जाडिन्छ । बैंकबाट कर्पोरेट लोन लिँदा भने बेसरेटमा थप २ प्रतिशत ब्याज जोडिने बैंकले जनाएको छ ।