ज्योति विकास बैंक र सानिमा जेनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता



काठमाडौं । ज्योति विकास बैंक र सानिमा जेनरल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

बैंकको देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा योजनाहरु बिक्री गर्ने एवं अभिकर्ता तथा बिमितहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्यले सम्झौता भएको बताइएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्सको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

हाल यस बैंकले ९७ वटा शाखा २८ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले करिब २ लाख ४८ हजार ८ सय भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा उपलव्ध गराउँदै आएको छ ।


क्लिकमान्डु