माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ १०० पुग्यो



काठमाडौं । माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङको संख्या १०० पुगेको छ । बैंकले डडेल्धुरामा ९९ र १००औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले डडेलधुराको अजय मेरू गाउँपालिका–२ स्थित चमाडारअमरगढी नगरपालिका–७ स्थितपोखरामाथप २ शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

ग्राहक सेवा केन्द«को रुपमा संचालित उक्त शाखारहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बंैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म १०१ वटा सञ्चालनमा छन् । देशभर बैंकका १२२ वटा एटीएमहरु सञ्चालनमा छन् ।


क्लिकमान्डु