ओम डेभलपमेन्ट बैंकले लगानीकर्तालाई अब १२.७० प्रतिशत बोनस नदिने



काठमाडौं । ओम डेभलपमेन्ट बैंकले लगानीकर्ताहरुलाई दिने भनेको १२.७० प्रतिशत बोनस सेयर अब नदिने भएको छ । बैंकले यस अघि लगानीकर्तालाई दिनका लागि प्रस्ताव गरेको १२.७० प्रतिशत बोनस सेयर नदिने निर्णय भएको बैंकले जनाएको छ ।

यस अघि दिने भनेपछि अब एनएमबि बैंकसँग मर्जरमा हुने सम्झौता भएपछि बोनस सेयर वितरण नगर्ने बैंकले जनाएको छ । बैैंकले नेप्सेलाई गराएको जानकारी अनुसार बोनस वितरण गर्दा सेयर स्वाप रेसियोमा असर पर्ने उल्लेख छ ।


क्लिकमान्डु