गुगलले एन्ड्रोइड बन्द गरिदिएपछि हुवावेले आफ्नै अपरेटिङ सिस्टम ल्याउने




गुगलले हुवावेलाई आफ्नो एन्ड्रोइड सिस्टम प्रयोग गर्न रोकेपछि हुवावेले आफ्नै अपरेटिङ सिस्टम बनाउने घोषणा गरेको छ । यो वर्षको अन्त्यसम्ममा चीनका प्रयोगकर्ताका लागि मोबाइल र ल्यापटपमा चल्ने गरी अपरेटिङ सिस्टम तयार हुनेछ ।

त्यस्तै, विदेशी ग्राहकहरुका लागि सन् २०२० को वर्षको पहिलो वा दोस्रो क्वार्टरमा उपलब्ध हुनेछ । हुवावे एप ग्यालरी नाममा अपरेटिङ स्टोर आउनेछ । तर गुगलले एन्ड्रोइड र माइक्रोसफ्ट विन्डोज सधैका लागि बन्द गरेको अवस्थामा मात्रै आफूहरुले नयाँ अपरेटिङ सिस्टम ल्याउने स्पष्ट पारेको छ ।

अमेरिका र चीनको व्यापार युद्ध चलिरहेको समयमा अमेरिकाले हुवावे कम्पनीलाई कालो सूचीमा राखेपछि गुगलले अपरेटिङ सिस्टम चलाउन नदिने निर्णय गरेको थियो । यो निर्णय कायम रहेमा अब बन्ने नयाँ हुवावेको सेटमा एन्ड्रोइड सिस्टम हुनेछैन् । भने हुवावेका प्रयोगकर्ताहरु एपस्टोर, युट्युव र जिमेल अपडेट गर्न पाउने छैनन् । एजेन्सी


क्लिकमान्डु