कामना सेवा विकास बैंकको कार्ड हुने ग्राहले यूनिभर्सल इन्स्टिच्यूटमा विशेष पाउने




काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्चबीच उपचारमा विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुसार अब यस बैंकका प्रिपेड÷डेबिट कार्डका ग्राहकहरुले यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स्ड स्टडिज एण्ड रिसर्चमा उपचार गराउँदा विशेष छुट पाउने छन । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट भैरहवा शाखाका शाखा प्रबन्धक तुल्सी प्रसाद आचार्य र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स्ड स्टडिज एण्ड रिसर्च प्रा.लिको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत अजय कुमार पि.एसले हस्ताक्षर गरेका छन ।


क्लिकमान्डु