एन.आई.सी एशिया बैंकका ग्राहक तथा कर्मचारीले नोबेल हस्पिटलमा २५% छुट पाउने




काठमाडौं । एन.आई.सी एशिया बैंक र नोबेल हस्पिटलबीच विभिन्न सेवामा छुटसम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५% सम्मको छुट हुने भएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र नोबेल अस्पतालको तर्फबाट अस्पतालका निर्देशक सन्तोषमणि न्यौपानेले हस्ताक्षर गरेका हुन ।

बैंकले हाल २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ


क्लिकमान्डु