ग्लोबल आइएमई बैंक र बि.एण्ड सी.मेडिकल कलेजबीच ५०% छुट दिने सम्झौता



काठमाडौं । ग्लोबल आइएमई बैंक . र बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर बीच हस्पिटलले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ ।

सम्झौतापत्रमा बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का जनसम्पर्क अधिकृत प्रोमिश गिरी र ग्लोबल आइएमई बैंक बिर्तामोड शाखाका शाखा प्रबन्धक पवन कुमार पौडेलले हस्ताक्षर गरेका हुन । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले विभिन्न संस्थासँग समन्वय गरी विभिन्न योजनाहरु ल्याँउदै आएको छ ।

उक्त सम्झौता पश्चात बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, बिर्तामोड, झापामा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट , क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट पाउने छन् ।


क्लिकमान्डु