काठमाडौंको टोखामा एन.आई.सी एशिया बैंकको नयाँ शाखा खुल्यो




काठमाडौं । एन.आई.सी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरी कारोवार शुभारम्भ गरेको छ ।

काठमाडौं जिल्लास्थित टोखा नगरपालिकामा खुलेको टोखा शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उदघाटन गरेका छन ।

बैंकले हाल मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु