लक्ष्मी बैंकले सञ्चालनमा ल्यायो एकै दिन दु्ई शाखा



काठमाडौं । लक्ष्मी बैंकले एकै पटक दुई वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बर्दियाको गुलेरिया र दाङको तुल्सीपुरमा १०४ र १०५ औँ शाखा सञ्चालनमा ल्याएकोे हो ।

यी सँगै प्रदेश ५ मा बैंकको शाखा संख्या १२ पुगेको छ । यी शाखाहरु मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यो सहित बैंकको ४७ जिल्लामा १०५ शाखा, २ एक्सेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२७ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ एजेन्टहरु रहेका छन् ।

बैंकले सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, बीमा लगायतका वित्तीय सेवा दिइरहेको छ ।


क्लिकमान्डु