बुटवल पावरको सेयरमा ठूला लगानीकर्ताको चलखेल, एफपिओ भर्नेहरु अझै घाटामा



काठमाडौं । बुटवल पावर कम्पनीमा लगानीगर्ने लगानीकर्ताहरुले क्रमैसँग कमाउन थालेका छन् ।

एक महिनाको अवधिमा बुटवल पावर कम्पनीको सेयर मूल्य प्रति कित्ता ६६ रुपैयाँले बढेको छ । सोमबार मात्रै बुटवल पावर कम्पनीको सेयर प्रति कित्ता २३ रुपैयाँका दरले बढेर ४२८ रुपैयाँ पुगेको छ ।

बुटवल पावरले साधारण सेयर (एफपीओ) फेस भ्यालु १०० रुपैयाँमा ४०१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ५०१ रुपैयाँमा सर्वसाधारलाई बिक्री गरेको थियो । सर्वसाधारणलाई अझै पनि प्रति कित्ता ७३ रुपैयाँ नोक्सानी व्यहोरी रहेका छन् ।

पछिल्लो समयमा बुटवल पावर कम्पनीको सेयर मूल्य निरन्तर बढनु पर्ने कारण भने नभएको लगानीकर्ताहरुको भनाई छ । एक लगानीकर्ताले भने ‘बुटवल पावरको सेयर यसरी निरन्तर बढनुपर्ने खास कारण छैन, बजारका ठूला खेलाडीहरुको कारण बढेको हो, यस्तो बढाइले स्थायित्व कत्तिको पाउँछ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’

विगत नौं आर्थिक वर्ष अर्थात आव २०६६–०६७ देखि आव २०७४–०७५ सम्म आईपुग्दा बुटवल पावरले एक पटक ७ र अर्को एक पटक १० प्रतिशत बोनस दिएको छ भने नौ पटक नै नगद लाभांश दिएको छ ।

बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ७५ करोड ८ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको यसै अवधिमा भन्दा १३.९० प्रतिशतले बढी हो । गत आवाको सोहि अवधिमा ६५ करोड ९२ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा बुटवल पावरले विद्युत बिक्रीबाट ५२ करोड ९७ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । चुक्ता पुँजी २ अर्ब ४४ करोड ५ लाख ५५ हजार रुपैयाँ रहेको बुटवल पावरको जगेडा कोष ४ अर्ब ३६ करोड १६ लाख २८ हजार रुपैयाँ रहेको छ ।
प्रतिसेयर आम्दानी ३० रुपैयाँ ७७ पैसा रहेको बुटवल पावरको प्रतिसेयर नेटवर्थ २७८ रुपैयाँ ७१ पैसा रहेको छ ।

मिति नगद               बोेनस
2074/75 18                     10
2017/2018
2073/74 20                         –
2016/2017
2072/73 20                       7
2015/2016
2071/72 20                         –
2014/2015
2070/71 15                         –
2013/2014
2069/70 18                         –
2012/2013
2068/69 25                         –
2011/2012
2067/68 25                         –
2010/2011
2066/67 30                          –
2009/2010


क्लिकमान्डु