जनता बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा छुट हुने



काठमाडौं । जनता बैंकका ग्राहकहरुलाई ह्याम्स अस्पतालमा छुट हुने भएको छ । जनता बैंक र ह्याम्स अस्पतालबीच स्वास्थ्य उपचार सेवामा छुटसम्बन्धि संझौता सम्पन्न भएको हो ।

संझौता पत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारी र बैंकको टा«न्जेक्सन बैंकिङ्ग प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरेका छन । संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सुविधा प्राप्तिका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन बैंकले जनाएको छ ।


क्लिकमान्डु