एन आई सी एशिया बैंकको नयाँ शाखा धनुषामा




काठमाडौं । एन आई सी एशिया बैंकले धनुषाको जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरि कारोबार शुभारम्भ गरेको छ ।

धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिकाको वडा नं. ८, पिडारी चोकस्थित उक्त शाखाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उदघाटन गरेका हुन ।

बैकले हाल मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु