माछापुच्छ्रे बैंकको रियल टाइममा नै खाता खोल्न मिल्ने नयाँ शाखारहित बैंकिङ सेवा रुपन्देहीमा



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप १ शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

यो सहित बैंकका ९८ शाखारहित बैंकिङ सेवा सुचारु भइसकेका छन् । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाख रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदनगर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनितुरुन्त उपलब्ध गराएको छ ।

बैंकलेले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १०० वटा शाखाहरु लगायत ९८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा १९८ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुबिधाप्रदान गरीरहेको छ । बैंकको देशभर १२१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।


क्लिकमान्डु