बुटवलको रामनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर



काठमाडौं । प्रभु बैंकले बुटवलको रामनगरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । वुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले रामनगर एक्स्टेन्सन काउण्टरको उदघाटन गर्दै कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ प्रणालीमा प्रवेश गरेको जानकारी दिए ।

कार्यालयमा आउने सेवाग्राहीहरुलाइ कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने उदेश्यले प्रभु बैंकसँग आवश्यक सहमति गरेर एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको उनले जानकारी दिए ।

विशेषगरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।


क्लिकमान्डु