कुमारी बैंकद्वारा विद्यालयलाई पाठ्यपुस्तक वितरण



काठमाडौं । कुमारी बैंकले काठमाडौं महानगरपालिका-१ कमलपोखरी स्थित कमल आधारभूत विद्यालयका विद्यार्थीलाई पाठयपुस्तक वितरण गरेको छ ।

बैंकले उक्त विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको जनाएको छ । बालबालिकाको गुणस्तरिय आधारभूत शिक्षामा टेवा पु¥याउने उद्देश्यका साथ बैंकले उक्त पाठ्यपुस्तक वितरण गरेको जनाएको छ ।

गुणस्तरीय शिक्षामा टेवा पु¥याएर बौद्धिक विकासको उज्यालोतर्फ विद्यार्थीलाई लैजाने उद्देश्यले सहयोग गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले बताए ।

गिरीले उक्त पाठ्य सामग्री विद्यालयका प्रधानाध्यापक मान बहादुर खड्कालाई हस्तान्तरण गरेका छन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको जनाएको छ । आगामी दिनमा पनि यस्ता
सहयोगलाई निरन्तरता दिने बैंकले जनाएको छ।


क्लिकमान्डु