सेयरधितो राखेर कर्जा लिने हो ? हेर्नुहोस्, कुन बैंकको ब्याज कति प्रतिशत छ



काठमाडौं । अघिकाशं बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो राखेर ऋण दिइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो राखेर फरक–फरक ब्याजदरमा ऋण दिने गरेका छन् ।

नयाँ बेसरेट (आधार मूल्य) आएसँग बैंकहरुले नयाँ बयाजदर सार्वजनिक गरेका छन् ।
नयाँ ब्याजदर नबिल बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक, ग्लोबल आईएई बैंक र सेन्चुरी बैंकले नयाँ बेसरेटसहितको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सेयर धितो कर्जामा दिने ऋणको ब्याजदर पनि नयाँ सार्वजनिक गरेका छन् ।

नबिल बैंकले बेस रेटमा थप ५.७५ देखि ६.५० प्रतिशतसम्म ब्याज लाग्छ । यसर्थ हेर्दा नबिल बैंकबाट सेयर धितोकर्जा लिनका लागि १४.४९ प्रतिशत ब्याज तिर्नुपर्दछ । नबिल बैंकको बेसरेट ७.९९ प्रतिशत रहेको छ ।

यस्तै हिमालन बैंकबाट सेयर धितो कर्जामा ऋण लिन परेको खण्डमा अधिकतम १४.८५ प्रतिशत ब्याज तिर्नुपर्छ । बैंकले सेयर धितो कर्जा लिँदा ९.१० प्रतिशत बेसटेरमा ५.७५ प्रतिशत जोडेर ब्याज लिन्छ ।

अर्को बंगलादेश बैंकको बेसरेट १०.६९ प्रतिशत रहेको छ । सेयर धितो कर्जा लिनका लागि उक्त बेसरेटमा २.५ प्रतिशतसहित १३.१९ प्रतिशत ब्याज लाग्दछ ।

मेगा बैंकको बेसरेट १०.२० प्रतिशत रहेको छ । यो बैंकबाट सेयर धितो कर्जामा ऋण लिनु परेमा १४.७ प्रतिशत ब्याज लाग्दछ । बैैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बेसरेटमा थप ४.५ प्रतिशत जोडिने उल्लेख छ ।

यस्तै ग्लोबल आईएमई बैंकको बेसरेट ९.६० प्रतिशत रहेको छ । बेसरेटमा २ देखि ६ प्रतिशतसम्म जोडिदा सेयर धितो कर्जामा ब्याज अधिकतम १५.६० प्रतिशतसम्म ब्याज लाग्नेछ ।

यता सेन्चुरी बैंकको आधार मूल्य ११.३२ प्रतिशत रहेको छ । उक्त बैंकबाट सेयर धितोकर्जा लिनु परेमा १५.५७ प्रतिशतसम्म ब्याज लाग्दछ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बेसरेटमा २.२५ देखि ४.२५ प्रतिशत जोडिने छ ।


क्लिकमान्डु