सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान सुरू



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले गाउँगाउँमा साक्षरता अभियान सुरु गरेको छ । सरकारले सबै नागरिकलाई बैंकमार्फत कारोबार गराउने लक्ष्यका साथ सबै नेपालीको बैंक खाता अभियान सुरु गरेको छ ।

अधियान अन्तर्गत बैंकले काभ्रे जिल्लाको पनौती नगरपालिका र बेथानचोक गाउंपालिकामा शनिबार एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त ९ विधुतिय वित्त ० सम्बन्धी जानकारी गराइएको बैंकले जनाएको छ ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत दुई जनाभन्दा बढिलाई उक्त बैंकिङ सम्बन्धी विषयमा साक्षर गराएको जनाएको छ । कार्यक्रममा पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जाराले कृषि र पशुपालनलाई छनोट गरेर आएको बैंकलाई नगरले समन्वय गरेर अघि बढ्ने बताउँदै बैंक वास्तविक किसानसम्म पुग्न सक्नुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसँग बैंकको पहुँच बढाउन गाउँगाउँसम्म वित्तीय साक्षरता अभियान सुरु गरिरहेको बताए ।

स्थानीयहरुले बैंकसम्बन्धी थुपै जिज्ञासा राखेका थिए । बैंकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले स्थानीयका सहुलियतपूर्ण कर्जा सम्बन्धी जिज्ञासाहरु बारे जानकारी गराएको बैंकले जनाएकोे छ ।


क्लिकमान्डु