इन्टरनेट र टिभी सेवा बन्द हुने चेतावनी



काठमाडौं । विद्युत् प्राधिकरणले निजी केबल तथा इन्टरनेटको तार काट्ने चेतावनी दिएपछि इन्टरनेट र टिभी सेवा बन्द हुने चेतावनी व्यवसायीले दिएका छन् ।

इन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वयन समितिले विद्युत् प्राधिकरणले भाडा बढाएको जनाउदै इन्टरनेट टिभी सेवा बन्द गर्ने बताएका हुन् ।
यो विषयलाई लिएर प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएको समितिले जनाएको छ ।

समितिका अध्यक्ष दिनेश सुवेदीले प्राधिकरणले तोकेको रेटमा भाडा तिर्दा इन्टरनेट केबल टिभी महंगो हुने बताए । उनले वार्षिक ९० करोड कमाईम ७५ करोड यो व्यवस्थाले प्राधिकरणलाई तिनुपर्ने बताए ।

विद्युत् प्राधिकरणले इन्टरनेट र केबल सेवा प्रदायकलाई तार प्रयो गरे वापतको भाडा नदिएमा तार काट्ने चेतावनी दिएको छ । शुक्रबारदेखि तार काट्ने चेतावनी प्राधिकरणले दिएको थियो ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेपनि प्राधिकरणले वेवास्ता गरेको बताए । गतवर्षदेखि लगाइएको १३ प्रतिशत सर्भिस चार्जपनि हट्नुपर्ने माग समितिले गरेको छ ।

यस्तै राष्ट्रियसभाबाट पारित भएको र प्रतिनिधिसभामा रहेका विज्ञापन सम्बन्धि ऐनमा क्लिनफिड अनिवार्य गर्ने व्यवस्थाले नेपालीले विदेशी टेलिभिजन हेर्न नसक्ने र गैरकानूनी रुपमा भारतीय डिटिएच भित्रने बताए । सरकारले २०७३ सालदेखि नै क्लिनफिड लागु गर्न खोजेपनि व्यवहारिक रुपमा यो सम्भव नभएको समितिले जनाएको छ ।

क्लिनफिडको विषयमा व्यवसायीहरुले इन्डियन ब्रोडकास्टिङ फोरमसँग कुरा गरेपनि यो विषयमा सम्भव नभएको उत्तर आएको बताए ।


क्लिकमान्डु