भद्र बैंकर रत्नराजले लिड गरेको सनराइजमा के भयो ? निक्षेप घट्यो, एनपिएल बढ्दा सिसिडी टाइट



काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बर्जाचार्य बैंकरहरुबीच भद्रको रुपमा लिइन्छ ।

सनराइजमा उनको कार्यकाल अहिले अन्तिम चरणमा छ । उनले विगतमा भन्ने अनुसार रत्नराज दोस्रो कार्यकालको लागि सनराइजमा सिइओ हुन तयार छैनन् । किनकी उनले विगतमा ग्लोबल होस् या एनसीसी एक कार्यकाल मात्र सिइओ खाएका थिए ।

भद्र रहेका रत्नराजलाई समेत पछिल्लो समय बैंकहरुबीच बढेको तिव्र प्रतिस्पर्धाले अत्याधिक छोएको देखिएको छ ।

बैंकको चैत मसान्तसम्मको विवरण अनुसार ७९.७३ प्रतिशत रहेको छ । राष्ट्र बैंकले ८० प्रतिशतको सिसिडीको सिमा तोकेको छ । यो भनेको बैंक करिब करिब नयाँ निक्षेप नआएसम्मको लागि ऋण दिनको लागि नसक्ने अवस्थामा पुगेको हो ।

तीन महिनाको अवधीमा नै सिसिडी कट्ने गरी बैंक आक्रामक भएको छ । निक्षेप नबढेपनि बैंकको ऋण विस्तार बढेको छ ।

बैंकले चैत सम्ममा ६८ अर्ब ८१ करोड रुपैयाँ कर्जा दिएको छ । पुस मसान्तसम्ममा ६७ अर्ब ७५ करोड रुपैयाँ कर्जा दिएको थियो ।

निक्षेप भने पुस मसान्तको तुलनामा चैतमा घटेको छ । चैत मसान्तसम्ममा ७२ अर्ब १९ करोड रुपैयाँ निक्षेप रहेको छ । पुस मसान्तसम्ममा बैंकमा ७६ अर्ब ६ करोड रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकले चैत मसान्तसम्ममा १ अर्ब २२ करोड नाफा गरेको छ । सेयरधनीलाई बाड्न मिल्ने ९१ अर्ब ३४ करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकको खराब कर्जा अनुपात(एनपिएल) समेत पुसको तुलनामा चैतमा बढेको छ । राष्ट्र बैंकले तोकेको सिमामा भएपनि बैंकको खराब कर्जा बढ्नु भने राम्रो भने होइन ।

बैंकको खराब कर्जा अनुपात १.३७ प्रतिशत छ । पुसमा एनपिएल १.२६ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु