बैंकलाई सेयर ब्रोकर लाइसेन्स दिने विपक्षमा जनमत, सेयर बजार विस्तारको लागि ब्याजदर घट्नुपर्ने



काठमाडौं । सेयर बजारको विस्तारको लागि बैंकको ब्रोक्रर लाइसेन्सको विपक्षमा जनमत गएको छ ।

अर्थसमितिले बजेटको लागि सुझाव संकलन गर्न गरेको १० जिल्लाका ४८६ जनासँग गरेको सर्वेक्षणमा सहभागीले सेयर बजार विस्तारको लागि बैंकलाई ब्रोक्रर लाइसेन्स दिनुपर्नेमा कम मत दिएका छन् ।

अर्थसमितिले बजेट पूर्वको छलफलमा पूँजी बजारको विस्तारको लागि के गर्नुपर्छ भन्ने प्रश्न सोधिएको थियो ।

जवाफमा सबैभन्दा बढी मत बैंकको ब्याजदर घटाउनेमा रहेको छ । त्यसपछि अनलाइन सेयर कारोबारलाई बढाउनेमा मत बढी छ । हालका ब्रोक्ररको क्षमता बढाएमा सेयर बजारको दायरा हुने मतपछि मात्र बैंकलाई सेयर ब्रोक्ररको लाइसेन्स दिनेमा मत परेको छ ।

सबैभन्दा कम मत बैंकलाई सेयर ब्रोक्ररको लाइसेन्स दिएमा बजार विस्तार हुने परेको छ । यो प्रश्न काठमाडौं बाहिरका जिल्लामा सोधिएको हुँदा सहभागीले बैंकलाई सेयर ब्रोक्रर लाइसेन्स दिएमा बजार विस्तार हुने विषयलाई अस्विकार गरेका छन् ।

अहिले बैंकलाई ब्रोक्रर लाइसेन्स दिनको लागि नीतिगत व्यवस्था भने भइसकेको छ । तर,बैंकले सेयर ब्रोक्ररको लाइसेन्स भने पाएका छ्रैनन् ।


क्लिकमान्डु