मेगा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, अरु सूचक कस्ता छन् ?



काठमाडौं । मेगा बैंक नेपालले चालु आर्थिक वर्ष २०७५–७६ को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यो अवधिमा १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

गत आवको तेस्रो त्रैमासको भन्दा १३१.३३ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकको नाफा ५२ करोड ४९ लाख रुपैयाँ मुनाफा गरेको थियो । बैंकको वितरणयोग्य नाफा भने ७६ करोड ७४ लाख ९३ हजार ६९१ रुपैयाँ रहेको छ ।
चालु आवको तेस्रो त्रैमासमा आईपुग्दा बैंकको खुद ब्याज आम्दानी १११.५९ प्रतिशतले बढेर २ अर्ब ७५ करोड २७ लाख ९६ हजार रुपैयाँ रहेको छ । गत आवको सोहि अवधिमा १ अर्ब ३० करोड ९ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

यस्तै बैंकको सञ्चालन मुनाफामा पनि १३०.७३ प्रतिशतले बढेर १ अर्ब ७० करोड ५७ लाख ८५ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा ७३ करोड ९२ लाख ८९ हजार रुपैयाँ रहेको थियो । १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड ९७ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

चालु आवको तेस्रो त्रैमासमा बैंकले ७५ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आवको सोहि अवधिमा ३२ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । यो अवधिमा बैंकको निक्षेप ७४.८८ प्रतिशतको वृद्धि भएको छ । यो अवधिमा बैंकको कर्जा ६९.५४ प्रतिशतले बढेर ७० अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा २८ अर्ब ७१ करोडले कर्जा लगानी भएको थियो ।

चालु आवको तेस्रो त्रैमासमा आईपुग्दा बैंकको खराब कर्जा बढेको छ । गत आवको तेस्रो त्रैमासमा ०.९८ प्रतिशत रहेको बैंकको खरब कर्जा चालु आवको सोअि अवधिमा आईपुग्दा १.४२ प्रतिशतले बढेको छ । प्रति सेयर आम्दानी १५ रुपैयाँ ७९ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ २० पैसा रहेको छ ।


क्लिकमान्डु