साधारणसभा गर्न किन अटेर गरेको रहेछ श्रीराम सुगर मिलले ?
काठमाडौ । कुनै पनि कम्पनीको नियमअनुसार हरेक वर्षका साधारण उसभा गर्नुपर्छ । कम्पनी भित्र लोकतान्त्रक प्रणालीको स्थापना गर्ने र कम्पनीलाई सहज रुपमा सञ्चालन गर्ने उपयुक्त थलोको रुमपा नै साधारण सभालाई नै लिइन्छ ।
तर एउटा यस्तो कम्पन िछ जसले वर्षैदेखि साधारणसभा नगरीकन बस्दै आएको थियो ।
विसं २०७३ सालमा साधारणसभा गरेको र त्यसपछि चुपचाप बसेको श्रीराम सुगर मिलको साधारणसभा यही वैशाख ३० गते हुने भएको छ ।
उत्पादन उपसमूहमा सूचीकृत उक्त कम्पनीले साधारणसभा नगरी कानून विपरित काम गरेको भन्दै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले तत्काल साधारणसभा गर्न ताकेता गरेका थिए । सोही ताकेता अनुसार नै श्रीराम सुगर मिलले साधारणसभा गर्न लागेको हो ।
साधारणभामा कम्पनीले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव पनि राखेको छैन ।
साधारणसभामा वार्षिक प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने कार्यक्रम मात्रै तय भएको छ । कूल १ः३को अनुपातमा हकप्रद शेयरका बिक्रीका लागि नेपाल धितोपत्र बोर्ड पुगेको पनि लामै समय भएको छ ।
तर, हकप्रद सेयर बिक्रीका लागि आवश्यक कागजपत्र नपुगेकाले बोर्डले कुनै अनुमति दिएको छैन ।
साधारणसभामा कम्पनीले कस्तो प्रस्ताव लैजान्छ भन्नेमा सेयरधनीको चासो भएपनि कुनै ठोस प्रस्ताव सार्वजनिक भएको छैन । कम्पनीको पछिल्लो दिनमा प्रतिकित्ता २१७ रुपैयाँमा सेयर कारोवार भइरहेको छ ।
कम्पनीको कूल ३० लाख ४५ हजार ९९० कित्ता सेयर सूचीकृत छ भने बजार पूँजीकरण भने ६६ करोड ९ लाख ७९ हजार ८३० रहेको छ ।