ललितपुरको जिल्ला प्रशासनमा ग्लोबल आइएमईको एक्सटेन्सन काउन्टर खुल्यो




काठमाडाडों । ग्लोबल आइएमई बैंकले ललितपुर जिल्लाको जिल्ला प्रशासन कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर खोली कारोवार शुभारम्भ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्न एक्सटेन्सन काउण्टर सुरु गरेको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरमा खोलिएको एक्सटेन्सन काउन्टरसंगै बैंकको एक्सटेन्सन काउन्टरको संख्या ११ पुगेको छ ।

बैंकले १३७ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४४ एटिएम, ११ वटा एक्सटेन्सन काउण्टर तथा १३२ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु