१३ वटा बैंकको चैतको विवरण आयो, १९.७५ प्रतिशतले बढ्यो नाफा (सूचिसहित)



काठमाडौं । चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुको नाफा १९.७५ प्रतिशतले बढेको छ ।
अहिलेसम्म चैत मसान्तको विवरण प्रकाशित गरेका बैंकहरुको विवरण हेर्दा १९.७५ प्रतिशतले अघिल्लो वर्षको चैत मसान्तको तुलनामा नाफा बढेको देखिएको हो ।

विवरण प्रकाशित गरेका बैंकहरुमा सबैभन्दा बढी नाफा नेपाल बैंकले २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको अघिल्लो वर्षको तुलनामा नाफा घटेको छ । नेपाल बैंकले अघिल्लो वर्षको चैत मसान्तमा २ अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको थियो ।

नेपाल बैंक बाहेक विवरण प्रकाशित गरेका बैंकहरुमा सबै बैंकको नाफा बढेको छ । १३ वटा बैंकले चैत मसान्तसम्ममा १८ अर्ब ७४ करोड रुपैयाँ नाफा गरेका छन् । अघिल्लो वर्षको चैत मसान्तमा नाफा १५ अर्ब ६५ करोड रुपैयाँ थियो ।

चैत मसान्तसम्मको विवरणको आधारले १३ वटा बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १२ अर्ब ८६ करोड रुपैयाँ गरेका छन् । यस आधारले औसतमा बैंकहरुले यो वर्ष १२ प्रतिशत लाभांश सेयरधनीलाई दिनसक्छन् ।

विवरण प्रकाशित भएका बैंकहरुमा सिटिजन्स बैंकको मात्र नाफाको बृद्धि सामान्य बढेको छ । अन्य बैंकको नाफा उत्साहजनक बढेको छ ।

Bank Profit 2075 chait profit 2074 chait
Nepal Bank                         2,245,577      2,567,728
Everest                   2,216,037      1,872,050
Global IME                         1,872,125      1,412,292
NMB                         1,651,128      1,376,631
Nepal SBI                   1,600,647      1,379,785
Siddhartha                   1,592,927      1,380,643
Sanima                   1,575,323    1,204,776
Prabhu                         1,452,171          917,028
Machhapuchchre                   1,240,818          854,052
Sunrise                         1,226,099          942,122
Citizens                   1,069,602      1,009,887
Kumari                         1,003,289          736,319
Total                       18,745,743    15,653,314


क्लिकमान्डु