१५ कम्पनी आइपिओको पाइपलाइनमा, २ अर्ब ५८ करोडको सेयर जारी हुने



काठमाडौं । सेयर बजारमा नयाँ नयाँ कम्पनी आउने क्रम बढेको छ । पछिल्लो समयमा धितोपत्र बोर्डको साधारण सेयर जारी गर्नको लागि १५ वटा कम्पनी अनुमतिको पर्खाइमा रहेका छन् ।

धितोपत्र बोर्डको पाइपलानमा रहेका १५ वटा कम्पनीले २ अर्ब ५८ करोड १२ लाख ६ हजार पाँच सय रुपैयाँको २ करोेड ५८ लाख १२ हजार ६५ कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने तयारीमा रहेका छन् ।

साधारण सेयर जारी गर्ने कम्पनीमा माइक्रोफाइनान्स, जलविद्युत कम्पनी लगायत रहेका छन् ।

सेयर बजारमा जति नै उतार उढाव देखिएपनि माइक्रोफाइनान्स समूहतर्फ लगानीकर्ताहरुको चाम निकै नै रहेको छ ।

कुनै पनि माइक्रोफाइनान्सको साधारण सेयरमा आवेदन माग हुनासाथ माग भन्दा कयौं गुणा बढी आवेदन पर्ने गरेको छ । साधारण सेयर जारी गर्नका लागि बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुमा म्यूचुअल फण्डहरु पनि रहेका छन् ।


क्लिकमान्डु