५० सवारी साधन अट्ने स्थानमा चार्जिङ स्टेशन बनाउँदै प्राधिकरण



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा विद्युतीय सवारी साधनका लाथिग चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ ।
पछिल्लो समय विद्युतीय सवारी साधन प्रति आम नागरिकको चासो समेत बढ्दै गएको र सरकारले समेत विद्युतीय सवारी सञ्चालनका लागि प्राथकितामा दिएकाले चार्जिङ स्टेशन अत्यावश्यक देखिएको हो ।

प्राधिकरणले हाल केन्द्रीय कार्यालय र प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीको कार्यालय रहेको थापाथलीको टे«ड टावरमा चार्जिङ स्टेशन यस अघि नै जडान गरिसकेको छ ।

यस्तै वातावरण विभाग र साझा यातायातको संयुक्त पहलमा काठमाडौं उपत्यकाका अन्य ७ स्थानमा त्यस्ता चार्जिङ स्टेशन जडान गर्ने प्रक्रिया अगाडि बढेको छ ।

सोही क्रममा प्राधिकरणले पनि पछिल्लो पटक सार्वजनिक सूचना प्रकाशित गरी चार्जिङ स्टशेन निर्माणका लागि जग्गा उपलब्ध गराउन आग्रह गरेको छ । प्राधिकरणले ५० सवारी साधन अटन सक्ने जग्गा जरुरी रहेको सूचनामा उल्लेख छ ।

प्राधिकरणले काठमाडौं उपत्यकामा नै चार्जिङ स्टेशन निर्माण प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय सवारी साधन प्रति आम नागरिकको चासो बढेको छ । संसारभरका धेरै देशका विद्युतीय सवारी साधनलाई प्राथमिकता दिइएको छ । भारतमा त विद्युतीय सवारी साधन खरीद गर्न चाहनेलाई अनुदानको समेत व्यवस्था गरिएको छ । चीनमा समेत पछिल्लो समय विद्युतीय सवारी साधनलाई जोड दिएको छ ।

विशेष गरी यूरोपेली देशहरुमा विद्युतीय सवारी साधन प्रयोगलाई जोड दिएका छन् । नेपालमा पनि पछिल्लो समय विद्यत् उत्पादनको मात्रा बढ्दै गएको छ ।

व्यापार घाटा बढाउने सबैभन्दा ठूलो सामग्रीको रुपमा रहेको पेट्रोलियम पदार्थको आयात कम गर्न पनि विद्युतीय सवारीलाई जोड दिनुपर्ने देखिएको छ । प्राधिकरणले पहिलो चरणमा काठमाडौं उपत्यकामा १० वटा चार्जिङ स्टशेन निर्माण गर्ने तयारी गरेको हो ।


पुष्प दुलाल