प्रधानमन्त्री ओलीले भनेः भारतमा समेत राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने चलन छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले ुमेरो सरकारु भन्नु कुनै नौलो कुरा नभएको बताएको छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै ओलीले राष्ट्रपतिको हैसियतमा यो सरकार राष्ट्रपतिकै भएको बताए ।

‘मैले मेरो देश भनेको हुन्छु, मेरो देश अरुको होइन, मेरो देश राष्ट्रियगान सबै भन्छु, मेरो सरकारको अर्थलाई वृहत्त र सामुहिक अर्थमा बुझ्ने प्रयास गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले भने ।

उनले जनताले ल्याएको गणतन्त्रमा राजतन्त्रकालिन झल्को नआउने भन्दै मिडियाले कुरा नबुझेको बताए । अन्य देश र भारतमा समेत मेरो सरकार भन्ने प्रचलन रहेको दाबी प्रधानमन्त्री ओलीको थियो ।

बर्षौंपछि संसदमा राजाको झल्को, राष्ट्रपति भण्डारीले पनि राजाले झैं मेरो सरकार भनेपछि…

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा मेरो सरकार भनेर सम्बोधन गरेपछि यसको आलोचना भएको छ । गणतन्त्रपछि राष्ट्रपतिले नीति तथा कार्यक्रम संसद्मा सार्वजनिक गर्दा मेरो सरकार भनेका थिएनन् ।
राजतन्त्र हुँदा राजाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा मेरो सरकार भन्ने गरेका थिए ।


क्लिकमान्डु