कहाँ गयो वाणिज्य बैंकमा भएको ७ अर्ब रुपैयाँ ?



काठमाडौं । वाणिज्य बैंकहरुमा एकसातामा ७ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।

बैशाख १३ गतेसम्ममा वाणिज्य बैंकमा २६ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ । बैशाख ६ गतेसम्म २७ खर्ब २ अर्ब निक्षेप थियो । एकसाताको अवधीमा बैंकबाट ७ अर्ब रुपैयाँ निक्षेप हराएको हो । यसअघि चैतको अन्तिम सातापनि बैकिङ प्रणालीबाट १० रुपैयाँ बाहिरिएको थियो । यो सहित एक महिनाको अवधीमा बैकिङ प्रणालीमा रहेको १७ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ ।

वाणिज्य बैंकहरुसँग स्वदेशी मुद्रामा २५ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । विदेशी मुद्रामा १ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

बैंकहरुले २४ खर्ब ३८ अर्ब रुपैयाँ कुल ऋण दिएका छन् । जसमा स्वदेशी मुद्रामा २३ खर्ब ६६ अर्ब र विदेशी मुद्रामा ७२ अर्ब रुपैयाँ ऋण रहेको छ ।

बैंकहरुले विभिन्न खाले भुक्तानीको कारण बैंकको निक्षेप घटेको जनाएका छन् । सरकारको खर्च बढेसँगै अब बैंकमा निक्षेप भने बढ्ने छ ।


क्लिकमान्डु