एक्सेल डेभलपमेन्ट बैंकको नाफा २.९६ % ले बढ्दा कति छ प्रतिसेयर आम्दानी ?



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको नाफा २.९६ प्रतिशत बढेर ११ करोड ४४ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ। गत आवको सोहि अवधिमा ११ करोड ११ लाख २९ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.७६ प्रतिशत र र सञ्चालन मुनाफा ६.५९ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमासमा २३ करोड ४८ लाख ५४ हजार रुपैयाँ खुद ब्याज अम्दानी गरेको बैंकले चालु आवको सोहि अवधिमा २७ करोड १८ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ ।

बैंकको सञ्चालन मुनाफा पनि १५ करोड २३ लाख ८३ हजार रुपैयाँबाट बढेर १६ करोड २४ लाख ३७ हजार रुपैयाँ पुगेको छ । ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ करोड ९८ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

बैंकको ६ अर्ब ४६ करोड ५६ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५ अर्ब ९८ करोड ६६ लाख ३५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो अवधिमा आईपुग्दा बैंकले खराब कर्जा घटेको छ । गत आवको सोहि अवधिमा १.१८ प्रतिशत रहेको खराब कर्जा रहेको बैंकको चालु आवको सोहि अवधिमा आईपुग्दा घटेर १.०८ प्रतिशत कायम भएको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३ पैसा (वार्षिक) रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ३९ पैसा रहेको छ ।


क्लिकमान्डु