सनराइज बैंकको नाफा ३०.१४%ले बढ्दा कति मजबुत छ संचिती कोष



काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब २२ करोड ६० लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत वर्षको यहि अवधिमा बैंकको नाफा ९४ करोड २१ लाख २२ हजार ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको नाफा ३०.१४ प्रतिशतले बढी रहेको रहेको छ । यो अवधिमा बैंकको वितरण योग्य नाफा ९१ करोड ३४ लाख २५ हजार रुपैयाँ रहेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६४ करोड ३७ लाख ७२ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि वर्ष बैंकले खुद ब्याज आम्दानी १ अर्ब ९२ करोड ५ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आवको सोहि अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३७.६५ प्रतिशतले बढेको छ ।

यस्तै बैंकको सञ्चालन नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा १८.५४ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ३७ लाख ९२ हजार रुपैयाँ रहेको छ । गत आवको सोहि अवधिमा १ अर्ब ४७ करोड ९४ लाख १ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

८ अर्ब १५ करोड २५ लाख ५५ हजार रुपैयाँ बैंकको चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४३ करोड २५ लाख ७७ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खराब कर्जा १.४५ प्रतिशतबाट घटेर १.३७ प्रतिशतमा पुगेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ५ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५५ पैसा रहेको छ  ।


क्लिकमान्डु