ग्लोबल आइएमई बैंकको नाफा साढे ३२ %ले बढ्यो, कति छ प्रति सेयर आम्दानी ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो अवधिमा १ अर्ब ८७ करोड २१ लाख २४ हजार ५१२ रुपैयाँ आर्जन गरेको छ ।

बैंकले गत आवको सोहि अवधिको तुलनामा ३२.५५ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमासमा बैंकको नाफा १ अर्ब ४१ करोड २२ लाख ९१ हजार ९१६ रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ७४ लाख ५२ हजार ४८६ रुपैयाँ रहेको छ ।

चालु आवको तेस्रो त्रैमासमा बैंकको सञ्चालन मुनाफा ३१.८९ प्रतिशतले बढेको छ भने खुद ब्याद आम्दानी ४२.२३ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमासमा २ अर्ब ८४ लाख ४२ हजार ५५३ रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा चालु आवको सोहि अवधिमा आईपुग्दा २ अर्ब ६४ करोड ९० लाख १४ हजार ६० रुपैयाँ रहेको छ ।
यस्तै गत आवको तेस्रो त्रैमासमा २ अर्ब ५९ करोड २८ लाख ५४ हजार ७०५ रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी चालु आवको सोहि अवधिमा आईपुग्दा ३ अर्ब ६८ करोड ७९ लाख ४५ हजार १८० रुपैयाँ पुगेको छ ।

१० अर्ब ३१ करोड ५ लाख १५ हजार ९५९ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ७३ करोड ११ लाख ७८ हजार ९२७ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.२९ प्रतिशतबाट घटेर ०.७६ प्रतिशत रहेको छ । २४ रुपैयाँ २१ पैसा प्रति सेयर आम्दानी रहेको बैंकको प्रति सेयर नेटवर्थ १४९ रुपैयाँ ७२ पैसा रहेको छ ।


क्लिकमान्डु