जनता बैंक र भाटभटेनी मनी ट्रान्स्फरबीच रेमिट्यान्स सम्झौता



काठमाडौं । जनता बैंक र भाटभटेनी मनि ट्रान्स्फर प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र मनि ट्रान्स्फरका प्रबन्ध संचालक राजनकुमार अमात्यले हस्ताक्षरण गरेका छन् । मनि ट्रान्स्फर भाटभटेनी समूहद्वारा संचालित कम्पनि हो ।

सम्झौता बमोजिम ‘भाटभटेनी रेमिट’ मार्फत पठाइएको अन्तरिक तथा बाह्य रेमिट्यान्सहरु जनता बैंकको देशै भरी छरिएका १२९ शाखा तथा ५० शाखा रहित बैंकिङ मार्फत भुक्तानी लिन सकिने छ ।


क्लिकमान्डु