क्रिकेटका बादशाह सचिन तेन्दुल्करको गाडी मोह



काठमाडौं । संसारभर लोकप्रिय बन्दै गएको खेल हो क्रिकेट । क्रिकेट प्रेमीहरुको मनमा बसेका खेलाडी हुन सचिन तेन्दुल्कर ।

सभ्भवत उनी भारतका एक ऐतिहासिक गहना हुन् । मास्टर ब्लास्टरको नामले समेत चिनिने उनको खेल जीवन निकै लोकप्रिय रह्यो ।
तर खेलसँगै खेलाडीका अन्य सौखहरु जोडिएका हुन्छन् । मास्टर ब्लास्टर तेन्दुल्करको गाडी मोह उनको एक महत्वपुर्ण सौख हो ।

धेरै जसो सेलिब्रेटीहरु पैसा कमाएपछि देखाउनका लागि गाडी लिने गरेको पनि पाइन्छ । तर सचिनले उपलब्ध विभिन्न राम्रो दर्जाका कार किने र त्यसलाई निरन्तर धेरै समय चलाएर आफ्नो गाडी मोहलाई पुरा गरे । उनले किनेका कुनै पनि गाडी ग्यारेज क्विनका रुपमा रहेनन ।

गाडी र सचिनको शुरुवातः

क्रिकेटका मास्टर ब्लास्टर सचिनको गाडीसँगको पहिलो सम्बन्ध मारुती ८०० मोडलसँग भएको थियो । र, उनको त्यो पहिलो गाडी उनीसँग अझै सुरक्षित छ । त्यो गाडीले अझै पनि कहिलेकाँही सचिनको साथ पाउदै छ ।

सचिनको मूख्य सौख द्रुत गतिका गाडीमा रहेको छ । मारुती ८०० गाडीपछि उनले बिएमडब्लु ३ सिरिजको इ ३० कुप गाडी किने ।

त्यसैगरि सचिनको फेरारी ३६० मोडेना गाडीसँगको मायाप्रेम निकै चर्चित छ । उनले यो गाडी मिसेल स्कुलम्याचरबाट उपहार पाएका हुन । उनले उक्त कार सुरतका व्यापारीलाई नबेचुन्जेल उनीसँग केहि वर्ष बस्यो । यो गाडी फेरारी कि सवारी चलचित्रमा प्रयोग गरिएको जस्तै हो ।
उक्त ब्राइट रेड फेरारी ३६० मोडेनालाई पछि अर्को ब्राइट रेड कारले विस्थापित गर्यो । तर त्यो मोडेना- निशान जिटी–आर इगोइस्टाभन्दा फरक हुन सकेन ।

मास्टर ब्लास्टर सचिन सधै विएमडब्लुका पारखी रहे । सचिन भारतका लागि विएमडब्लुका ब्राण्ड एम्बास्डर समेत हुन । अहिले सचिन तेन्दुल्करसँग विएमडब्दु आइ ८ कुप कार रहेको छ ।


क्लिकमान्डु